श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

सिमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको केन्द्रविन्दु बन्दै नेशनल मेडिकल कलेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ । अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताए ।

मधेस प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेज मधेस प्रदेशका जनताको स्वास्थ्यको भरोसाको केन्द्र रहेको तथा सिमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरुको आस्था र भसोरालाई अझ बलियो बनाउन आफु लागिपर्ने उनले बताए ।

उनी कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीका छोरा हुन् । उनको कलेजमा १५ प्रतिशत शेयर छ । कलेजको मुख्य शेयर प्रा.डा. जैनुद्दिन अन्सारीको नाममा छ । उनीसँग ४५ प्रतिशत कलेजको स्वामित्व रहँदा नुशरत जहान अन्सारीको नाममा १० प्रतिशत, निकहत यासमिनको नाममा १० प्रतिशत, इशर्त जहानको नाममा १० प्रतिशत तथा बसरुद्दिन अन्सारीको नाममा १० प्रतिशत शेयर रहेको कलेजका अध्यक्ष प्रा.डा. अन्सारीले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार