श्रावण ३, २०८२ शनिबार July 19, 2025

विराटनगरबाट ४० जना कोरोना संक्रमित डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन उपचार केन्द्रबाट बिहीबार ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

उनीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, नगरपालिका प्रमुख शिव ढकाल लगायतले पुष्प गुच्छासहित विदा गरेका थिए। डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन्।

सो क्रममा मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको दाबी गरेका थिए। कोभिड १९ लाई नियन्त्रणमा राख्न सफल हुँदै गएको बताएका मन्त्री घिमिरेले प्रदेशवासीलाई चाँडै सुखद खबर दिन तयारी सरकारको रहेको बताएका छन।

प्रदेशमा क्वारेन्टिनमा रहेकामा मात्र संक्रमण देखिएको र कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उनको भनाइ थियो। क्वारेन्टिनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उनको भनाइ छ।

क्वारेन्टाइन व्यवस्थित हुन नसकेका भन्ने चर्को आलोचनाकाबीच मन्त्री घिमिरेले क्वारेन्टिनको उचित व्यवस्थापन र मापदण्ड विपरीतका क्वारेन्टिन बन्द गर्दै जाने बताएका छन।

आइसोलेसन उपचार केन्द्रबाट डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा।शैलेशमणी पोखरेलले जानकारी दिएका छन।

प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ। त्यसैगरि, प्रदेशमा हालसम्म संक्रमितको संख्या ४ सय १६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २९ जना, धरानको वीपी कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान कोभिड १९ उपचार केन्द्रमा ८५ र सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको उपचार केन्द्रमा ७८ जना संक्रमित उपचाररत रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार