काठमाण्डौंः नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । पश्चिमको रेफल सेन्टरको रुपमा रहेको भेरीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको अस्पतालले जनाएको छ ।
भेरीले सूचना जारी गर्दै अस्पतालमा भ्याक्सिन अभाव रहेकाले बिरामीलाई उपलब्ध गराउन नसक्ने भनेको छ । प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा मौज्दात शुन्य भएकाले भेरीमा अभाव भएको अस्पतालको भनाई छ ।
अस्पतालका सूचना अधिकारी डा. संकेल कुमार रिसालले भ्याक्सिन मन्त्रालयले पठाउने गरेको बताउनुभयो । उहाँले मन्त्रालयसँग माग गर्ने प्रक्रिया नियमित भएको हुँदा आउने बित्तिकै अस्पतालले सेवा दिने बताउनुभयो ।
उहाँका अनुसार यो भ्याक्सिनको आवश्यकता हुने करिब दैनिक ६ देखि १० जनासम्म बिरामी अस्पतालमा हुन्छन् । रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै दिने गरिएपनि भ्याक्सिन अभावपछि उपचारका लागि भेरी पुग्ने बिरामीले सास्ती खेप्नु परेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया