श्रावण ४, २०८२ आइतबार July 20, 2025

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए। पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत्प्रतिशत खोप लगाएको हेरिने गरिन्छ । ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ।

यसैगरी, नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन्। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुन परेको थियो। कोरोना महामारीका कारण बालबालिका खोप लगाउन छुटेका प्रमुख डा गौतमले बताए। ‘पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित हुँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।’

सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ। सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रुपमा मनाउँदै आएको छ। उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको प्रमुख डा गौतमले बताए। गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको उनको भनाइ छ।

सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको संक्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टंकार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोपसमेत सञ्चालन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार