श्रावण ४, २०८२ आइतबार July 20, 2025

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, १६ फागुन : नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।

तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शिविर जिल्लास्थित नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा अस्पताल, सेवा फाउण्डेशन र फुङ्लिङ नगरपालिकाको संयुक्त पलहमा आयोजना गरिएको हो ।

शिविरमा छनोट भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रले जनाएको छ ।

मोतियाविन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा यही फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । परीक्षणका क्रममा ४० वर्षमाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

आजदेखि सुरु भएको शिविरमासमेत मोतियाविन्दुका बिरामीको पहिचान र उपचार हुनेछ भने भोलिदेखि शल्यक्रिया गरिने आयोजकले जनाएको छ । नेत्रज्योति सङ्घ ताप्लेजुङले यसअघि पनि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार