श्रावण ४, २०८२ आइतबार July 20, 2025

जनताको साथ र सहयोग पाएको छु, तपाईँहरूको मतको गुन तिर्नुछः स्वास्थ्यमन्त्री बस्नेत

“जनप्रतिनिधि भएपछि मुद्दा मामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सबै काम गर्नुपर्छ, म त्यसका लागि निरन्तर लाग्ने व्यक्ति हुँ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका धेरै जनताको साथ र सहयोग आफूले पाएको भन्दै त्यसको गुन तिर्न बाँकी रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २, पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा आज आयोजित नागी टासी छ्योलिङ गुम्बाको शिलान्यासका अवसरमा उहाँले धेरै जनताको साथ र सहयोग पाएर जनप्रतिनिधि भएको बताउनुहुँदै आफू हरतरहले जिल्लामा विकास निर्माणका आयोजना ल्याउन लागिपरेको बताउनुभयो ।

“छ महिना सञ्चारमन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ । अहिले स्वास्थ्यमन्त्री भएकाले बेला ३९ वटा स्वास्थ्य संस्थाका भवन यस वर्ष निर्माण हुँदैछन् । अर्को वर्ष बाँकी स्वास्थ्य संस्थाका भवन निर्माण सम्पन्न हुनेछन्”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि भएपछि मुद्दा मामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सबै काम गर्नुपर्छ, म त्यसका लागि निरन्तर लाग्ने व्यक्ति हुँ ।”

उहाँले सामाजिक काममा सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माणमा ध्यान दिन्छौँ भनेका थियौँ, त्यहीअनुसार रु १० लाख बजेट विनियोजन भइसकेको छ भने थप रु २० लाख विनियोजन हुनेक्रममा छ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले भूकम्पबाट क्षतिग्रस्त तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार आज शिलान्यास भएको बताउनुभयो । उहाँले गुम्बा निर्माणका लागि बजेटको चिन्ता नलिन आग्रह गर्नुभयो ।

गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइबाले शिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुुभयो ।

नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरूका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइबा, समाजसेवी शङ्कर लामालगयतले मन्तव्य राख्नुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार