श्रावण ४, २०८२ आइतबार July 20, 2025

पहिलो चरणमा ३७ हजारभन्दा बढी बालबालिकाले लगाए खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० फागुन: काठमाडौँ महानगरपालिकाले यही फागुन १६ देखि सुरु गरेको रुबेला दादुरा खोप कार्यक्रमको पहिलो चरणमा हजार ३७ हजार छ सय ७२ बालबालिकाले खोप लगाएका छन् ।

यसअघि ३२ वटै वडामा एकै चरणमा खोप अभियान सञ्चालन गरेको महानगरले यसपटक भने दुई चरणमा कार्यक्रम सञ्चालन गरेको थियो । महानगरका खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले असोजदेखि १३ वटा वडा ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा खोप कार्यक्रम सँगै नियमित खोप पनि प्रदान गरिने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअनुसार काठमाडौँ महानगरमा नौ महिनामाथि र पाँच वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । उनीहरुलाई रुबेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ । यसरी दिइने खोपमा डिपीटी, हेप बी–हिब, पिसीभी, आइपिभी छन् । यस्तै पाँच वर्षमाथि १५ वर्ष उमेर तलका बालबालिकाको सङ्ख्या एक लाख एक हजार एक सय २९ छ । प्रणालीमा आबद्ध नभएका बालबालिकाको सङ्ख्यासँगै महानगरले दुई लाख ४६ हजारलाई खोप दिने लक्ष्य राखेको छ ।

रुबेला दादुरा खोप किन ?

रुबेला दादुराको खोप नौ महिनादेखि माथि र १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियान सञ्चालन गरिएको हो ।

आर्थिक वर्ष २०७२/७३ र २०७६/७७ मा पनि यो अभियान चलाइएको थियो । २०७६/७७ मा ८४ प्रतिशतमा खोपको पहुँच पुगेको थियो । यससँगै नेपालमा फैलिएको कोभिड–१९ का कारण खोप कार्यक्रममा कोभिडकै खोप सेवा प¥यो । यस कारण आव २०७९/८० मा दादुराका बिरामी बढ्न थाले । नेपालले सन् २०२६ सम्ममा रुबेला दादुरा निवारण गर्ने प्रतिबद्धता जनाएको छ ।

कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा उनीहरुले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट, हेपाटाइटिस बी,–३ डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पोलियो, र नौ महिना पूरा भएपछि रुबेला दादुराको खोप–१ डोज दिएको हुनुपर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार