श्रावण ४, २०८२ आइतबार July 20, 2025

हैटीको जेलमा पछि ४ हजार कैदी फरार, १२ काे मृत्यु, सरकारले लगायाे संकटकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ ।

एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।

सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे पछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपतकाल घोषणा गरेको हो । जेल ब्रेकमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए।

At Least 25 Dead After Prison Break In Haitian Capital : NPR

गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा  चाहेको बताएका छन्। उसलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन्। गिरोह हिंसाले हाइटीलाई वर्षौंदेखि ग्रस्त बनाएको छ।

वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा रहेका आपराधिक गिरोहका सदस्यले धेरै सरकारी संस्थामा आक्रमण गरेका थिए । उनीहरुले जेलमा आक्रमण गरेपछि लगभग ४ हजार कैदी भागेका थिए ।

यी हतियारधारीहरूले देशका धेरै ठाउँमा पसल र घरमा आगजनी र तोडफोड गरिरहेका छन् । हिंसामा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिंसाको कारण प्रधानमन्त्री एरियल हेनरीको विदेश भ्रमण रहेको बताइएको छ । यसबाट असन्तुष्ट अपराधी गिरोहका मानिसहरुले उनको राजिनामाको माग गरिरहेका छन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री एरियल हेनरीले केन्याको भ्रमण गरेपछि हाइटीमा हिंसा सुरु भएको हो । वास्तवमा केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा तैनाथ गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री नैरोबी गएका थिए । त्यसपछि हाइटीका सबै आपराधिक गिरोहले एकताबद्ध भएर प्रधानमन्त्रीलाई पदबाट हटाउन हिंसा गर्न थालेका हुन ।

हाइटी प्रहरीले आपराधिक गिरोहसँग आवद्ध अपराधीलाई पक्राउ गर्न सेनासँग सहयोग मागेको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२ मार्चमा दुईवटा कारागारमा आक्रमण भएको थियो । यहाँबाट ४ हजार कैदी भागे । कतिपयलाई प्रहरीले मारेको छ । देशमा जारी हिंसामा हालसम्म १२ सर्वसाधारणको मृत्यु भइसकेको छ । फरार कैदीहरूमा २०२१ मा हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या गर्ने कैदी पनि समावेश रहेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार