श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाइ बलात्कार गर्ने तीन भारतीय पक्राउ

दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा थप चार संदिग्धहरूको खोजी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २२ फागुन । पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीनजनालाइ पक्राउ गरिएको छ ।

साथै,  श्रीमतीलाइ बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेको आरोपमा तीन जना पुरुषलाई पक्राउ गरेको जनाइएको छ ।

महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा थप चार संदिग्धहरूको खोजी गरिरहेका भारतीय प्रहरीले जनाएको छ।

पश्चिम बङ्गाल राज्यबाट मोटरसाइकलमा छिमेकी नेपालतर्फ जाँदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरी अधिकारीहरूले बलात्कृत महिला र उनका पतिलाइ फेला पारेको झारखण्ड राज्यको दुम्का जिल्ला प्रहरी उपरीक्षक पिताम्बर सिंह खेरवारले बताए।

‘उनीहरूलाई अस्पताल लगिएको थियो, जहाँ महिलाले डाक्टरलाई आफू बलात्कृत भएको बताएकी थिइन’ उनले भने।

त्यसपछि प्रहरीले खोजी गरिएका संदिग्धहरूको पहिचान गरेको र विशेष अनुसन्धान टोली गठन गरेर खोजी सुरू गरिएको थियो, खेरवारले भने। पक्राउ परेका तीनै संदिग्धको कानुनी प्रतिनिधित्व छ कि छैन भन्ने स्पष्ट छैन।

महिला पीडितको नाम राखेको छैन, भारतीय कानून बमोजिम यौन हिंसा पीडितको नामकरण गर्न रोक्छ।

गत शनिबार एक ट्राभल भ्लगर दम्पतीले आफ्नो इन्स्टाग्राम खातामा भारतमा भएको सो आक्रमणको क्रममा घाँटीमा चक्कु हानिएको पोष्ट गरेपछि उनीहरू पक्राउ परेका हुन्। महिलालाई बलात्कृत गरी डीएनए परीक्षणका लागि अस्पताल ल्याइएको उनीहरुले बताएका छन ।

दम्पतीले स्पेनिश भाषामा पोष्ट गरेका थिए भने महिलाले आफ्नो इन्स्टाग्राम पृष्ठमा आफू ब्राजिलियन भएको बताएकीन्।

आफ्नो इन्स्टाग्राम स्टोरीमा ती महिलाले आफ्नो अनुहारमा दाग देखाउँदै भनिन्,  ‘मेरो अनुहार यस्तो देखिन्छ, तर सबैभन्दा बढी पीडाको क्षण हो, मलाई लाग्थ्यो म मर्छु ।”

भारतको राष्ट्रिय महिला आयोगले सो घटनाको निन्दा गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार