श्रावण ४, २०८२ आइतबार July 20, 2025

भक्तपुरको कोरियामैत्री अस्पतालमा व्लड बैंक स्थापना हुने

मध्यपुर थिमि नगरपालिका र लायन्स क्लवको संयुक्त लगानीमा ब्लड बैंक स्थापना गर्ने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, २२ फागुन । भक्तपुरको मध्यपुर थिमि नगरपालिका नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा व्लड बैंक (रक्तसञ्चार केन्द्र) स्थापना गरिने भएको छ ।

त्यसका लागि नगरपालिका अस्पताल प्रशाशन र लायन्स क्लववीच सम्झौता भएको छ । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लवका प्रतिनिधि दीपक प्रजापति र अस्पतालकोतर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे । अस्पताल मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित छ ।

मध्यपुर थिमि नगरपालिका र लायन्स क्लवको संयुक्त लगानीमा ब्लड बैंक स्थापना गर्ने सम्झौता भएको हो । यसका लागि एक लाख डलर आवश्यक पर्ने लागत इष्टमेट गरिएको छ । यो रकम लायन्स क्ल्वबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत लगानी गर्ने जनाएको छ । ब्लड बैंकको भौतिक पूर्वाधार नगरपालिकाले तयार गर्नुका साथै आवश्यक कर्मचारी पनि नगरपालिकाले ब्यहोर्ने गरी समझौता भएको हो ।

त्रिभुवन विश्वविद्यालय र लायन्स क्ल्व अफ नेपालको सहकार्यमा स्थापना भएको रक्तसन्चार केन्द्रसङ्ग मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने गरी कार्यक्रमबीच नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सम्झौता भएको हो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रुपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ब्लड बैंकको स्थापनापछि मध्यपुर थिमि नगरपालिकामा रक्तसंचारमा धेरै सहज हुने विश्वास गरिएको छ । यसले रगतको लागि भौतारिनुपर्ने अवस्थाको अन्त हुने विश्वास नगरपालिकाको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार