श्रावण ४, २०८२ आइतबार July 20, 2025

गाजा युद्ध ‘सभ्यताको अपमान’

बेइजिङका उच्च कूटनीतिज्ञले प्यालेस्टिनी राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यतालाई चीनले समर्थन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्‍याउनुभएको छ ।

“आजको २१ औँ शताब्दीमा यो मानवीय विपत्तिलाई रोक्न सकिँदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,” वाङले पत्रकारसँगको नियमित भेटमा भन्नुभयो ।

blog

गत वर्षको अक्टोबरमा इजरायल र हमासबिच जारी युद्ध सुरु भएदेखि नै बेइजिङले तत्काल युद्धविरामको माग गर्दै आएको छ ।

चीनले ऐतिहासिक रूपमा प्यालेस्टिनी मुद्दाप्रति सहानुभूति राख्दै आएको छ र इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई–राज्य समाधानको समर्थन गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले द्वन्द्व समाधानका लागि ‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’ आह्वान गर्नुभएको छ ।

वाङले भन्नुभयो, “द्वन्द्व जारी राख्नुलाई कुनै पनि कारणले न्यायोचित ठहराउन सकिँदैन र मानिसहरूलाई निर्मम तरिकाले मार्नुलाई कुनै पनि बहानामा सही मान्न सकिँदैन ।”

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र शत्रुता अन्त्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ र मानवीय राहतलाई तत्काल नैतिक जिम्मेवारीको रूपमा सुनिश्चित गर्नुपर्दछ ।”

बेइजिङका उच्च कूटनीतिज्ञले प्यालेस्टिनी राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यतालाई चीनले समर्थन गर्ने बताउनुभएको छ ।

“हामी प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घको औपचारिक सदस्य बन्न समर्थन गर्छौँ”, वाङले भन्नुभयो, “गाजामा भएको विपत्तिले प्यालेस्टाइनी भूमि लामो समयदेखि कब्जा गरिएको तथ्यलाई अब नजरअन्दाज गर्न सकिँदैन भन्ने कुरा एकपटक फेरि विश्वलाई स्मरण भएको छ । प्यालेस्टिनी जनताको स्वतन्त्र राष्ट्र स्थापना गर्ने लामो समयदेखिको चाहनालाई अब पन्छाउन सकिँदैन र प्यालेस्टिनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई नसच्याई पुस्तौँसम्म जारी राख्न सकिँदैन ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार