श्रावण ४, २०८२ आइतबार July 20, 2025

चीनद्वारा छ युरोपेली देशका लागि भिसा–मुक्त नीति घोषणा

चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ ।

स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमवर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताउनुभएको छ ।

चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रुतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको उहाँले बताउनुभएको छ ।

वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्रि नीति अवलम्बन सम्बन्धमा जानकारी गराउनुभएको हो ।

उहाँले यो प्रयासले चिनियाँ नागरिकहरूलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने   जनाउँदै विदेशीहरूलाई चीनमा घरमा नै रहेकोजस्तो महसुस गराउने विश्वास व्यक्त गर्नुभयो ।

वाङले उच्च–मानक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरलाई बढवा दिन, स्वतन्त्र व्यापार क्षेत्रहरूको विश्वव्यापी सञ्जाल विस्तार गर्न र विश्वव्यापी औद्योगिक, आपूर्ति र तथ्याङ्क प्रणालीलाई स्थिर र निर्बाध राख्न सम्बन्धित अधिकारीहरूसँग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चिनियाँ अन्तर्राष्ट्रिय आयात निर्यात र अन्तर्राष्ट्रिय व्यापार सेवालगायत अन्तर्राष्ट्रिय सहयोग मार्गहरू पूर्णरूपमा विकास गर्न र बजार सिद्धान्तहरूमा आधारित, कानुनद्वारा शासित र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित आफ्नो व्यापार वातावरणलाई अनुकूलन गर्ने चीनको तयारी रहेको उहाँले बताउनुभयो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार