श्रावण ४, २०८२ आइतबार July 20, 2025

बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० भन्दा बढी विद्यार्थीे अपहरण

विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।

अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना बनाएका छन् । यद्यपि हालै यस्तो आक्रमण कम भएको छ ।

कदुना राज्यमा स्थानीय अधिकारीहरूले बिहीबार कुरिगा विद्यालयमा अपहरणको आक्रमण भएको पुष्टि गरेका छन् तर कति विद्यार्थीलाई अपहरण गरिएको हो भन्नेबारे अझै पत्ता लगाउने काम भइरहेकाले अपहृतको यकिन सङ्ख्या दिएका छैनन् ।

चिकुन जिल्लाको जिएसएस कुरिगा विद्यालयका शिक्षकमध्ये एक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले हावामा गोली चलाइरहेका बेला विद्यार्थीसहित कर्मचारीहरू भाग्न सफल भएको बताउनुभयो ।

“फेरि पनि हामीले अपहृतहरूको वास्तविक सङ्ख्या निर्धारण गर्न काम सुरु गरेका छौँ”, विद्यालय भ्रमण गर्ने अधिकारीहरूलाई उहाँले भन्नुभयो, “जिएसएस कुरिगामा एक  सय ८७ विद्यार्थी बेपत्ता छन् भने प्राथमिक विद्यालयमा एक सय २५ विद्यार्थी बेपत्ता भए पनि २५ फर्केर आएका छन् ।”

“दुई सय ८० भन्दा धेरै विद्यार्थी अपहरण भएका छन्, हामीले सुरुमा दुई सय अपहरणमा परेको सोचेका थियौँ तर सावधानीपूर्वक गरिएको गणनापछि अपहृत विद्यार्थीको सङ्ख्या दुई सय ८० भन्दा केही धेरै छ”, स्थानीय बासिन्दा मुहम्मद एडमले भन्नुभयो ।

स्थानीय अधिकारी र प्रहरीले अपहृतको सङ्ख्याबारे कुनै आँकडा दिएनन् । प्राय हमलाबाट भागेका मानिसहरू घर फर्केपछि नाइजेरियामा अपहृत वा बेपत्ता मानिसको आँकडा कम गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार