श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रधानमन्त्री मोदीद्वारा मिसन दिव्यास्त्रको प्रशंसा, अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण

भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गर्नुभएको छ ।

उहाँले मिसन दिव्यास्त्रको सफल कार्यान्वयनका लागि रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डिआरडिओ) वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री मोदीले माइक्रो–ब्लगिङ साइट एक्समा पोस्ट गर्नुभयो, “मिसन दिव्यास्त्रका लागि हाम्रा डिआरडिओ वैज्ञानिकहरूमाथि गर्व छ, एमआइआरभी प्रविधिका साथ स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण ।”

अग्नि–५ मिसाइलमा एमआइआरभी प्रविधिको समावेशले विभिन्न लक्ष्यमा सटीकताका साथ धेरै हतियार पुर्याउने यसको प्रभावकारिता बढ्नेछ । यसबाट भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुनेछ ।

एउटा एमआइआरभी पेलोडमा चारदेखि छ वटा आणविक हतियार बोक्ने एउटा मिसाइल समावेश हुन्छ । प्रत्येकलाई अलग अलग लक्ष्यमा हमला गर्नका लागि प्रोग्राम गरिएको छ । यसले एउटै मिसाइलमा विभिन्न स्थानमा धेरै हतियार तैनाथ गर्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ ।

सरकारी स्रोतका अनुसार यस परियोजनाका निर्देशक एक महिला हुन् र यसमा महिलाहरूको महत्त्वपूर्ण योगदान छ । मिसन दिव्यास्त्रको परीक्षणसँगै भारत एमआइआरभी क्षमता भएका मुलुकहरूको समूहमा सामेल भएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार