श्रावण ४, २०८२ आइतबार July 20, 2025

दक्षिण कोरियामा पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।

चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण कोरियामा चिकित्सकको अभाव र दक्षिण कोरियाको बढ्दो वृद्ध जनसङ्ख्याको सामना गर्न आवश्यक जनशक्तिको अभाव भएको छ ।

Seoul gives young doctors 4 days to end walkouts, threatening prosecutions  or suspended licenses

चिकित्सकहरूले सरकारी योजनाले चिकित्सकीय सेवाको गुणस्तर घटाउने तर्क गरेका छन् ।

सरकारको कार्यादेश र कानुनी कारबाहीको धम्कीको बावजुद करिब १२ हजार जुनियर चिकित्सक अर्थात् प्रशिक्षार्थी चिकित्सककोे ९३ प्रतिशत सरकारको अन्तिम गणनामा उनीहरूको अस्पतालमा सेवारत छैनन् ।

प्रशिक्षार्थी चिकित्सकको आन्दोलनले सियोललाई लाखौं डलर राज्यको भण्डारमा रहेको लाखौँ अमेरिकी डलर र सैन्य चिकित्सकलाई परिचालन गरी सर्वसाधारणलाई सहयोग गर्न बाध्य बनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार हजारौं प्रशिक्षार्थी चिकित्सकलाई आफ्नो अस्पताल फर्कन भनिएको विशेष आदेशको अवज्ञा गरेपछि चिकित्सकलाई मेडिकल लाइसेन्स निलम्बन गर्ने कारबाहीको पहिलो कदमका रूपमा प्रशासनिक सूचना पठाएको जनाएको छ ।

South Korean Hospitals See Strains as Doctors Widen Walkout - Bloomberg

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य तथा चिकित्सा नीति महाशाखाका निर्देशक चुन बयुङ–वाङले भन्नुभयो, “मार्च ८ सम्ममा चार हजार ९०० भन्दा बढी प्रशिक्षार्थी चिकित्सकलाई सेवामा फर्किन सूचना पठाइएको छ ।”

सरकारले यसअघि नै हडतालमा उत्रिएका चिकित्सकलाई तीन महिनाका लागि लाइसेन्स निलम्बन गर्ने चेतावनी दिइसकेको थियो । यसका कारण विशेषज्ञका रूपमा योग्य हुन सक्ने क्षमता कम्तीमा एक वर्ष ढिला हुने बताइएको छ ।

चुनले हडतालमा रहेका चिकित्सकलाई आफ्ना बिरामीकहाँ फर्कन आग्रह गर्नुभयो ।

“प्रशासनिक व्यवस्था पूरा हुनुअगावै काममा फर्केमा प्रशिक्षार्थी चिकित्सकलाई सरकारले परिस्थितिलाई ध्यानमा राखेर संरक्षण गर्नेछ”, उहाँले भन्नुभयो, “अहिले काममा फर्कने चिकित्सकले कारबाहीबाट बच्न सक्छन् ।”

उहाँले थप्नुभयो, “सरकार वार्ता गर्न छोड्दैन । संवादको लागि ढोका सधैं खुला छ । सरकारले चिकित्सा सुधारको सहयात्रीका रूपमा चिकित्सा क्षेत्रको विचारलाई सम्मान गर्नेछ र विशेषरूपमा मनन गर्नेछ ।”

सरकारले गत हप्ता प्रशिक्षार्थी चिकित्सकहरूको तलब र सर्तहरू सुधार गर्न नयाँ उपायहरूको घोषणा गरेको थियो र यसको साथै लगातार ३६–घण्टा कार्य अवधिको समीक्षा गर्ने बताएको थियो । यसले जुनियर चिकित्सकको पक्षमा काम गर्ने अधिकारीहरूको भनाइ छ ।

चिकित्सकको हडतालका कारण धेरै शल्यक्रिया सेवा रद्द हुनु र सेवाका लागि लामो समय पर्खनुपर्नेजस्ता प्रमुख अस्पतालकासेवामा ढिलाइ भएको छ ।

सियोलले सैन्य चिकित्सकहरू परिचालन गरेको छ र सेवाको कमीलाई न्यूनिकरण गर्नको लागी राज्य कोषबाट लाखौं डलर विनियाजन गरेको छ, तर त्यहाँ पूर्ण स्वास्थ्य सङ्कट छ भन्ने कुरा अस्वीकार गरेको छ ।

चुनले भन्नुभयो, “सैन्य चिकित्सकहरूले यसै हप्ता बुधबारदेखि नागरिक अस्पतालहरूमा काम सुरु गर्नेछन् ।”

South Korea Gives Trainee Doctors Four Days to End Walkout - Bloomberg

दक्षिण कोरियाको कानुनअनुसार चिकित्सकलाई हडताल गर्न प्रतिबन्ध लगाइएको छ र स्वास्थ्य मन्त्रालयले प्रहरीलाई काम रोक्ने सम्बन्धित चिकित्सकमाथि अनुसन्धान गर्न भनेको छ ।

सरकारले विकसित राष्ट्रहरूमध्ये सबैभन्दा कम चिकित्सक–जनसङ्ख्या अनुपातलाई सम्बोधन गर्न आगामी वर्षदेखि वार्षिक दुई हजारभन्दा बढी विद्यार्थीलाई मेडिकल विद्यालयमा भर्ना गर्ने तयारी गरेको छ ।

चिकित्सकहरूले सुधारले सेवाको गुणस्तर र चिकित्सा शिक्षालाई खस्काउने डर व्यक्त गरेका छन्, तर सरकारको कार्यक्रमका अनुयायीहरूले चिकित्सकहरूले उनीहरूको तलब र सामाजिक स्थितिलाई सुरक्षित राख्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार