श्रावण ४, २०८२ आइतबार July 20, 2025

बजेट अभावमा प्रदेश प्रहरी अस्पताल अलपत्र

एघार रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले चार वर्षदेखि टिनको टहराबाट सेवा प्रवाह गर्दै आएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ (कास्की) ३० फागुनः पोखरा महानगरपालिका-७ मुस्ताङचोकमा चार वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपु प्रहरी र उनीहरुका परिवारको औषधि उपचार गर्ने उद्देश्यले विस २०७७ मा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो ।

उक्त अस्पतालको भवन निर्माणमा रु छ करोड लागतको अनुमान गरिए पनि पछिल्लो दुई आर्थिक वर्षयता गण्डकी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थ भट्टराईले भने क्रमागत रुपमा निर्माणसम्पन्न गर्ने भनिएको अस्पताल भवन निर्माणका लागि चालु आवमा रु एक करोड छुट्याइएको जानकारी दिनुभयो । एघार रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले चार वर्षदेखि टिनको टहराबाट सेवा प्रवाह गर्दै आएको छ ।

अस्पताल निर्माणका लागि आज २०७७/७८मा प्रदेश सरकारले रु एक करोड बीस लाख छुट्याएको भए पनि त्यसपछि गत आवसम्म बजेट बिनियोजन गरिएको थिएन । नेपाल प्रहरीको आफ्नै जग्गामा जस्ता पाताले निर्माण गरिएको भवनमा अहिले दैनिक ४०-५० जनाले सेवा लिँदै आएका छन् ।

अस्पतालका कार्यालय प्रमुख तथा प्राविधिक प्रहरी नायव उपरीक्षक डा रामप्रसाद शर्माका अनुसार अस्थायी रुपमा सञ्चालनमा ल्याइएको अस्पताल भवनबाट ओपिडी, फार्मेसी, ल्याव, आपतकालीन, थेरापी, भिडियो एक्सरे, एक्सरे र सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह हुँदै आएको छ ।

निर्माणधीन अस्पताललाई क्रमागत भन्दा पनि बहुवर्षीय रुपमा निर्माण गर्ने गरी योजना बनाएको भए बजेट प्राप्त गर्न सजिलो हुने उहाँको भनाइ छ । पन्ध्र शय्याको उक्त अस्पतालमा प्राविधिकसहित ३३ जना कर्मचारी कार्यरत छन् । अस्पतालल भवनले पूर्णता पाएपछि ५० शय्यामा स्तरोन्नति हुनेछ ।

प्रहरी सङ्गठन कास्कीका पूर्वसचिव सिद्धि रेग्मीले निर्माणाधीन अस्पताल जतिसक्दो चाँडो निर्माणसम्पन्न गर्न सङ्गठनले पनि दबाब दिइरहेको बताउनुभयो । अस्पताल निर्माणपछि प्रहरी र उनीहरुका परिवारसँगै सर्वसाधारणले पनि सेवा लिनसक्ने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार