श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्रसङ्घद्वारा रोहिङ्ग्या शरणार्थीका लागि ८५ करोड डलर माग

शिविरमा पैसाको अभावले धेरै मानिस पर्याप्त खाना वा अन्य सहयोगबाट वन्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसङ्घले बुधबार बङ्गलादेशका शिविरहरूमा रहेका धेरै रोहिङ्ग्या शरणार्थीका लागि सहयोग बढाउन आह्वान गरेको छ । शिविरमा पैसाको अभावले धेरै मानिस पर्याप्त खाना वा अन्य सहयोगबाट वन्चित छन् ।

सङ्कटका लागि आफ्नो वार्षिक प्रतिवेदनमा राष्ट्रसङ्घले बङ्गलादेशमा अधिकांश मुस्लिम रोहिङ्ग्या शरणार्थीहरू र उनीहरूलाई आतिथ्यता प्रदान गर्ने समुदायलाई यस वर्ष अत्यावश्यक सहयोग प्रदान गर्न ८५ करोड २४ लाख डलरका लागि अपिल गरेको छ ।

बङ्गलादेश अधिकांश राज्यविहीन अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब १० लाख सदस्यको घर हो । यीमध्ये धेरै मानिस सन् २०१७ मा म्यान्मामा सैन्य कारवाहीपछि भागेका थिए । म्यान्मामा लगातार द्वन्द्व भइरहेको छ ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले बङ्गलादेशमा करिब ९५ प्रतिशत रोहिङ्ग्या परिवार असुरक्षित मानिएको र उनीहरू मानवीय सहयोगमा निर्भर रहेको एक विज्ञप्तिमा जनाएको छ । “म्यान्मामा द्वन्द्व बढ्दै गएपछि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय ऐक्यबद्धता र शरणार्थीको सुरक्षा पहिलाभन्दा धेरै नै आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।

गत वर्ष राष्ट्रसङ्घ र उसका सहयोगी मुलुकहरूले रोहिङ्ग्या शरणार्थी सङ्कटमा फसेका मानिसको सहयोगका लागि ८७ करोड ६० लाख डलर प्रदान गर्ने बताएका थिए । यद्यपि अन्त्यमा अनुरोध गरिएको रकमको आधा अर्थात ४४ करोड डलर मात्र प्रदान गरियो ।

धेरै हदसम्म मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाहिर भएकाले युएनएचसिआरले हालैका वर्षहरूमा महत्त्वपूर्ण कोषको कमीले ‘गम्भीर असर’ परेको चेतावनी दिएको छ । धेरै शरणार्थीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्नका लागि सङ्घर्ष गरिरहेको भन्दै युएनएचसिआरले ‘तत्काल दिगो सहयोग आवश्यक रहेको’ बताएको छ ।

सहयोग प्राप्त गर्ने शरणार्थी जनसङ्ख्यामा ७५ प्रतिशतभन्दा धेरै महिला तथा बालबालिका रहेको भन्दै राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले उनीहरूले ‘दुर्व्यवहार, शोषण र लिङ्गमा आधारित हिंसाको बढ्दो जोखिम’ को सामना गरिरहेको चेतावनी दिएको छ ।

“शिविरहरूमा आधाभन्दा धेरै शरणार्थी १८ वर्षभन्दा कम उमेरका छन्, उनीहरू शिक्षा, सीप निर्माण र जीविकोपार्जनको सीमित अवसरहरूबीच बाँचिरहेका छन्”, विज्ञप्तिमा भनिएको छ । सङ्कटका लागि राष्ट्रसङ्घको नेतृत्वको संयुक्त प्रतिक्रिया योजनाले एक सय १७ साझेदारलाई एक ठाउँमा ल्याएको छ र यसमा करिब आधा बङ्गलादेशी सङ्गठन छन् ।

उक्त योजनाको लक्ष्य रोहिङ्ग्या समुदायका करिब तीन लाख ५० हजार मानिसका साथै कक्स बजार शिविरहरू र भासन चार द्वीपमा रहेका करिब १० लाख रोहिङ्ख्या शरणार्थीलाई सहयोग गर्नु हो । उक्त रकमको प्रयोग खाना, आश्रय, स्वास्थ्य सेवा, पेयजलमा पहुँच, सुरक्षा सेवा, शिक्षा र अन्य सहयोगका लागि गरिने राष्ट्रसङ्घले जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार