श्रावण ४, २०८२ आइतबार July 20, 2025

रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी

मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताउनुभएको छ ।

युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।

“हाम्रो आणविक हतियार ट्रायड कुनै पनि अन्य ट्रायडभन्दा बढी आधुनिक छ । वास्तवमा हामी र अमेरिकीहरूसँग मात्र यस्ता हतियारहरू छन् र हामी यसमा धेरै अगाडि बढेका छौं,” पुटिनले सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा भन्नुभयो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै पश्चिमा मुलुकहरूले रूसमाथि ‘गैर–जिम्मेवार’ पूर्ण रूपले आणविक हतियार सम्बन्धमा वक्तव्यबाजी गरेको आरोप पुटिनले लगाउँदै आउनुभएको छ ।

मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो ।

पश्चिमी मुलुकहरूले युक्रेनमा उनीहरूका सेना पठाउँदा युद्धभूमिको स्थितिमा कुनै परिवर्तन नआउने उक्त अन्तर्वार्तामा पुटिनले बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “जसरी हतियार आपूर्ति गर्दैमा रूसलाई केही फरक पर्दैन त्यसैगरी विदेशी सैन्य दस्ताहरूले युद्धभूमिको स्थिति परिवर्तन गर्दैन भन्ने मलाई विश्वास छ ।”

युक्रेनले हालैका महिनाहरूमा तोपखानादेखि हवाई प्रतिरक्षासम्मका असङ्ख्य अभावहरूको सामना गरिरहेको छ । अमेरिकी काङ्ग्रेसमा ६० अर्ब डलरको सहायता प्याकेज रोकिएको छ । यसको परिणाम रूसी सेनासँगको लडाईंमा युक्रेन युद्धबाट पछि हटिरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार