श्रावण ४, २०८२ आइतबार July 20, 2025

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : उपप्रधानमन्त्री यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन्।

मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको अभाव सँगै उपचार बिना कोई कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

स्वास्थ्य सेवा मौलिक हकको रुपमा राज्यले स्थापित गरेको हुँदा नागरिकलाई सर्वसुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागिपरेको उनले बताए।

मन्त्री यादवले प्रादेशिक अस्पताल कलैयालाई ५० बाट एक सय बेडको अस्पताल बनाउने भन्दै यस अस्पतालमा थप जनशति, विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाए। राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै यो सरकार स्थिर रही अर्थतन्त्रलाई सुधार गर्ने उनले दाबी गरे।

मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल कलैया एकाई समितिका अध्यक्ष फुल महम्द अन्सारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल मधेस प्रदेशका अध्यक्ष शिवशंकरप्रसाद यादव, प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष सुशील चौँलागाई, अस्पतालका प्रमुख डा अजय गुप्तालगायतले विचार व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार