श्रावण ४, २०८२ आइतबार July 20, 2025

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलङ्काको अर्थतन्त्रमा राहत महशुस

सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतले खुम्चियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान भएको श्रीलङ्का सरकारले शनिबार जनाएको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो ।

सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतले खुम्चिएको छ ।

“सन् २०२३ मा श्रीलङ्काको अर्थतन्त्रले द्वैतताको अनुभव गरेको छ”, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ ।

“पर्यटनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको छ” विभागले भनेको छ, “कामदारको रेमिटेन्समा पनि सुधार आएको छ ।”

गत डिसेम्बरमा श्रीलङ्का घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको ९१ हजार ९०० को तुलनामा दोब्बरभन्दा बढी हो ।

श्रीलङ्काले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिइरहेको छ र ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग छलफल गरिरहेको छ ।

सन् २०२२ मा आर्थिक सङ्कटको शिखरमा पुगेको मुलुकमा आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो ।

राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उहाँले पदबाट राजिनामा दिन बाध्य हुनुभएको थियो ।

उहाँको उत्तराधिकारी रनिल विक्रमासिङ्घेले आर्थिक सङ्कटबाट देशलाई माथि उकास्न करको दायरालाई दोब्बर पार्दै उदार ऊर्जा अनुदान फिर्ता लिनुभएको थियो भने मुलुकको लागि आर्थिक आवश्यकतालाई ध्यानमा राख्दै राजस्व सङ्कलन वृद्धिका लागि वस्तुहरूको मूल्य वृद्धि गर्नुभएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार