श्रावण ४, २०८२ आइतबार July 20, 2025

सोमालियाको राजधानीमा भिडन्त, ३ को मृत्युसहित ४ बिधायक घाइते

घाइते हुनेमा १८ जना सर्वसाधारण र ९ जना नाविक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सोमालियाको राजधानी मोगादिसुबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ ।

स्थानीय पुलिसका अनुसार राष्ट्रपति भवन नजिकैको एक प्रसिद्ध होटल अल शबाबमा जिहादीहरूले निशाना बनाएका हुन । सो क्रममा  जनाको मृत्यु भएको छ ।

आधुनिक हतियार लिएर आएका जिहादीहरूले राति होटलमा गोली प्रहार गरेका थिए। होटलको नाम एसवाईएल रहेको बताइएको छ । सो घटना पछि शुक्रबार सुरक्षा बलहरूले पछिल्लो १३ घण्टाको कडा संघर्ष पछि स्थितिलाई नियन्त्रणमा लिएको बताए।

Large explosion outside Mogadishu airport, deaths reported | The Independent

सोमालियाका प्रहरी प्रवक्ता कर्णेल कासिम अहमद रोबेलले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन्। घाइते हुनेमा १८ जना सर्वसाधारण र ९ जना नाविक रहेका छन् ।’

सोमालियाका प्रवक्ताका अनुसार घाइतेमध्ये चारजना विधायक पनि छन्। आत्मघाती हमलामा पाँच आक्रमणकारीको पनि मृत्यु भएको थियो । प्रवक्ताका अनुसार होटलमा लामो समयको भिडन्त पछि अवस्था सामान्य भएको छ ।

Rival groups clash in Somali capital over president's mandate | News | Al  Jazeera

एसवाइएल होटलमा आक्रमण भएको यो पहिलो पटक भने होइन । विगतमा पनि आक्रमणकारीको निशाना बनेको छ । तर, यसपटक घटना रमजानको पवित्र महिनामा भएको छ । यो धेरै लाजमर्दो छ।

सुरक्षा अधिकारी अहमद दाहिरले भने कि आक्रमणकारीहरूले पहिले होटल नजिकै विस्फोटक प्रयोग गरे। जसका कारण पर्खालमा नराम्ररी क्षति पुगेको छ । त्यसपछि अज्ञात बन्दुकधारीले भवनमा घुसपैठ गरेका थिए ।  आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको घटनास्थलमा उपस्थित मानिसहरुले बताएका छन् ।

गोली चल्ने बित्तिकै भित्ताबाट हाम फालेर भागेको घटनाको समयमा उपस्थित हसन नूरले बताए । उनले घटनाबारे धेरै थाहा नभएको तर होटलभित्र धेरै मानिस रहेको भने जानकारी दिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार