श्रावण ४, २०८२ आइतबार July 20, 2025

जापान र फिलिपिन्ससँग त्रिपक्षीय वार्ता गर्दै राष्ट्रपति बाइडेन

वार्तामा सुरक्षा, उदीयमान प्रविधि, आपूर्ति शृङ्खला र जलवायुका विषय समावेश हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाका राष्ट्रपति जो बाइडेनले जापानी प्रधानमन्त्री फुमियो किसिदा र फलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग वासिङ्टन डिसीमा अप्रिल ११ मा त्रिपक्षीय शिखर सम्मेलन आयोजना गर्नुहुने ह्वाइट हाउसले घोषणा गरेको छ ।

क्योदो न्युजका अनुसार राष्ट्रपति बाइडेनले किसिदासँग भेट गरेको एक दिनपछि सम्मेलनको आयोजना गरिनेछ । नेताहरूको वार्ताको तयारीका लागि बिहीबार टोकियोमा तीन देशका वरिष्ठ कूटनीतिज्ञहरूको बैठक बस्ने जापानी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार फिलिपिन्सका राष्ट्रपति मार्कोससँग रात्रिभोज गर्ने कार्यक्रम रहेको छ । “तीन नेताले मित्रताको गहिरो ऐतिहासिक सम्बन्ध, बलियो र बढ्दो आर्थिक सम्बन्ध, साझा लोकतान्त्रिक मूल्यप्रति गर्व र दृढ प्रतिबद्धता तथा स्वतन्त्र र खुला इन्डो–प्यासिफकका लागि साझा दृष्टिकोणमा आधारित त्रिपक्षीय साझेदारीलाई अगाडि बढाउनुहुनेछ”, ह्वाइट हाउसका प्रवक्ता करिन जिन पियरेले भन्नुभयो ।

शिखर सम्मेलनले राष्ट्रपति बाइडेनलाई जापान र फिलिपिन्सको संयुक्त राज्य अमेरिकाको ‘मजबुत गठबन्धन’ लाई पुनः पुष्टि गर्न ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले बैठकमा यस क्षेत्र र त्यसभन्दा बाहिरको सुरक्षा, उदीयमान प्रविधि, आपूर्ति शृङ्खला र जलवायुका विषय समावेश हुने बताउनुभयो ।

“राष्ट्रपति बाइडेनले शिखर सम्मेलनका दिन ह्वाइट हाउसमा राष्ट्रपति मार्कोससँग छुट्टै भेट गर्नुहुनेछ”, उहाँले भन्नुभयो ।

जापान सरकारका प्रवक्ता योशिमासा हायाशीले मङ्गलबार टोकियोमा त्रिपक्षीय सम्मेलनबारे जानकारी दिनुभयो । “कानूनी शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि जापानले संयुक्त राज्य अमेरिका र फिलिपिन्ससँगको त्रिपक्षीय साझेदारीलाई अझ बलियो बनाउनेछ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

गत वर्ष जुनमा भएको संयुक्त राज्य अमेरिका, जापान र फिलिपिन्सबीचको त्रिपक्षीय बैठकलाई क्षेत्रीय सुरक्षा अभिवृद्धिमा महत्त्वपूर्ण कदम मान्न सकिन्छ ।

बैठकको करिब एक महिनाअघि राष्ट्रपति बाइडेनले फिलिपिन्सका राष्ट्रपति मार्कोससँग जापानसँग सहयोगको त्रिपक्षीय मोड सुरु गर्न सहमति जनाउनुभएको थियो ।

सो बेला दुवै राष्ट्रपतिले आफ्नो भूमि, समुद्र, आकाश र साइबरस्पेस बलहरूको अन्तरसञ्चालनको नयाँ द्विपक्षीय रक्षा दिशानिर्देशमा पनि सहमति जनाउनुभएको थियो । एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार