श्रावण ४, २०८२ आइतबार July 20, 2025

मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन पुटिन समर्थकहरूको माग

आक्रमणमा एक सय ३० जनाभन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मस्को कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनका वरिष्ठ सदस्यहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउन देशलाई आह्वान गरेका छन् ।

रुसले सन् १९९० को दशकदेखि मृत्युदण्डको सजायमा रोक लगाएको थियो तर दुई दशकयता देशमा भएको सबैभन्दा घातक हमलापश्चात यो प्रावधानलाई हटाउन माग बढिरहेको छ ।

“हाल मृत्युदण्डको प्रावधानबारे अनेक प्रश्नहरू आइरहेका छन्”, संसदको तल्लो सदन ड्युमामा सत्तारूढ युनाइटेड रसियन पार्टीका प्रमुख भ्लादिमिर भासिलिभले एक भिडियोमार्फत भन्नुभयो, “यो विषयमा निश्चितरूपमा गहिरो, व्यावसायिक र ठोस छलफल गरिनेछ । हाम्रो समाजको अपेक्षाहरू पूरा गर्ने गरी निर्णय लिइनेछ ।”

क्रोकस सिटी कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणमा एक सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

“आतङ्कवाद र हत्याको सन्दर्भमा मृत्युदण्डको सजाय फिर्ता ल्याउन आवश्यक छ”, ड्युमाका सुरक्षा समितिका उपप्रमुख युरी अफोनिनले शनिबार भन्नुभयो ।

पुटिनका दुई घनिष्ठ सहयोगी पूर्व राष्ट्रपति एवं हाल सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेव र ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले पनि आक्रमणपछि आतङ्कवादीलाई नष्ट गर्न आह्वान गर्नुभएको थियो ।

रुसी संसद्मा पुटिनका समर्थक अन्य दुई पार्टीका प्रमुखहरूले पनि यस विषयमा समर्थन जनाएका थिए । स्वतन्त्र मिडियाजोना समाचार साइटका अनुसार सन् २०२३ मा अधिकारीहरुले १ सय ४३ आतङ्कसँग सम्बन्धित फौजदारी मुद्दा रेकर्ड गरेका थिए ।

रुसको वित्तीय अनुगमन निगरानी संस्थाले यो महिनाको सुरुमा अन्तर्राष्ट्रिय लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटी) अभियानलाई “आतङ्कवादी र चरमपन्थी“ कालोसूचीमा थपेको थियो ।

पुटिनको पछिल्लो दशकको सबैभन्दा कडा आलोचक एलेक्सी नभाल्नी ‘अतिवाद’ को आरोपमा वर्षौँ जेल सजाय भोग्नेहरुमध्ये हुनुहुन्थ्यो । उहाँको गत महिना आर्कटिक जेल कोलोनीमा मृत्यु भएको हो ।

रुसले क्रेमलिन विरोधी र युक्रेनका समर्थकहरूलाई लक्षित गर्न आतङ्कवाद तथा चरमपन्थी विरोधी कानूनको व्यापक प्रयोग गरेकाले आलोचकहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउने मागलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

“यदि आतङ्कवादका लागि मृत्युदण्डको सजायलाई अनुमति दिने हो भने यो प्रावधानले कति मानिसहरूलाई मार्नेछ भन्ने अनुमान गर्न सकिन्छ, कुनै हिसाबले आतङ्कवादी नरहेका पनि हाल धेरै जेलमा छन्”, महिला अधिकारकर्मी एलोना पोपोभाले शनिबार टेलिग्राममार्फत भन्नुभयो, “त्रासदीसँग खेल्नु कुनै हिसाबले उचित हुँदैन ।” एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार