श्रावण ४, २०८२ आइतबार July 20, 2025

मस्को आक्रमणमा संलग्नको आरोपमा हालसम्म ११ पक्राउ, गाेली चलाउनेमा ताजिकिस्तानी भएको दावी

पक्राउ परेका तीन नयाँ संदिग्धहरू आक्रमणको योजनामा ​​संलग्न रहेको अनुसन्धान एजेन्सीहरूको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, १४ चैत । गत शुक्रबार रुसी कन्सर्ट हलमा भएको आक्रमण पछि रुसमा अझै डरको वातावरण कायमै छ ।

राजधानीमा भएको यो आक्रमणले रुसको सुरक्षा प्रणालीमा धेरै प्रश्न खडा गरेको छ । कन्सर्ट हलमा आक्रमण गर्ने चारजना बन्दुकधारी रुसबाट भाग्ने क्रममा पक्राउ परेका थिए, अहिले रुसी एजेन्सीले यससँग सम्बन्धित थप व्यक्तिलाई पक्राउ गरिरहेका छन् । यस आक्रमणमा संलग्न थप तीन अभियुक्त पक्राउ परेका छन् । सुरक्षा एजेन्सीहरूका अनुसार अहिलेसम्म उनीहरूले यस हमलासँग सम्बन्धित ११ जनालाई पक्राउ गरिसकेका छन्।

सोमबार, क्रोकस सिटी हल आक्रमणका तीन नयाँ अभियुक्तलाई मस्कोको बास्मान्नी अदालतमा पेश गरिएको थियो। यी हिरासतमा रहेका व्यक्तिहरूलाई कम्तिमा २२ मार्चसम्म हिरासतमा राख्नु पर्नेछ। एक दिनअघि सोही अदालतले सिटी हलमा आक्रमण गरी १४३ जनाको ज्यान लिने चार आतङ्ककारीलाई पक्राउ गर्न अनुमति दिइएको थियो । पक्राउ परेका तीन नयाँ संदिग्धहरू आक्रमणको योजनामा ​​संलग्न रहेको अनुसन्धान एजेन्सीहरूको दाबी गरेका छन्।

रुसको अनुसन्धान एजेन्सीले पक्राउ परेका तीन नयाँ संदिग्धको नाम अमिन्चोन इस्लोमोभ, डिलोवर इस्लोमोभ र उनीहरुका ६२ वर्षीय बुबा इजरायल इस्लोमोभ रहेको बताएको छ । अनुसन्धान एजेन्सीहरूका अनुसार एक बन्दुकधारी शम्सिदिन फरिदुनीले जनवरीमा आक्रमण गर्न सहयोग गर्न अमिन्चोन इस्लामोभलाई भर्ती गरेका थिए। यो विश्वास छ कि मार्च ११ पछि उनले अर्को भाइ दिलोवर इस्लोमोव पनि भर्ती गराएका थिए ।

उनले दुवै दाजुभाइ र बाबुलाई तत्काल पक्राउ गर्न माग गरेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । पक्राउ परेका पहिलो चार आक्रमणकारीको नाम दालेदजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली राखबालिजोदा, शम्सिदिन फरिदुनी र मोहम्मद फैजोभ हुन्। टेलिग्राममा साझा गरिएको समाचार अनुसार यी व्यक्तिहरूलाई ताजिकिस्तानी नागरिकको रूपमा पहिचान गरिएको छ र उनीहरूले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन्।

आक्रमणको वास्तविक दोषी को हो ? 

यो हमला लगत्तै आईएसले टेलिग्राममा यो हमला आफूले गराएको दाबी गरेको थियो । तर रुसले आईएसको यो दावीको कुनै प्रतिक्रिया दिएको छैन, बरु रुसी राष्ट्रपति पुटिनले एक विज्ञप्तिमा भनेका छन्, ‘जुन व्यक्तिसँग इस्लामिक देशहरू धेरै वर्षदेखि लडिरहेका छन्, त्यही मानिसहरूबाट हामीमाथि हमला भएको हो । हामीमाथि हमला गर्नुको पछाडि कसको हात छ र यस आक्रमणबाट कसलाई फाइदा पुग्छ भनेर हामीले खोज्नुपर्छ।’ तर, सो हमलाको मुख्य योजनाकार को हुन ? भन्ने अहिलेसम्म खुलेको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार