श्रावण ४, २०८२ आइतबार July 20, 2025

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली सेभास्तोपोल शहरका गभर्नरले बताएका छन् ।“एउटा सैन्य विमान समुद्रमा खसेको छ,” गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्राममा गरेको पोस्टमा लेखेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा एउटा विमान आकाशबाट खसेको देखिएको छ ।

युक्रेनी प्रायद्वीप क्रिमियाको दक्षिणी शिखरमा ‘ब्ल्याक सी’को क्षेत्रको ऐतिहासिक रूसी मुख्यालय रहेको सेवस्तोपोललाई सन् २०१४ मा मस्कोले कब्जा गरेको थियो ।

दुई वर्षदेखि जारी द्वन्द्वका क्रममा यो क्षेत्रमा युक्रेनी आक्रमण हुँदै आएको छ ।

“घटनामा विमान चालक जहाजबाट निक्लिएको र उनलाई सेवस्तोपोल रेस्क्यु सर्भिसका उद्धारकर्मीहरूले किनाराबाट २०० मिटरको दूरीमा लगेका छन् । उनको जीवन खतरामुक्त छ,” गभर्नर रज्भोजायेभले भने ।

सामाजिक सञ्जालमा सार्वजनिक कतिपय भिडिओमा विमानचालक जहाजबाट बाहिर निस्केपछि प्यारासुटबाट तल झरेको देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार