श्रावण ४, २०८२ आइतबार July 20, 2025

हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर

७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट (हुम्ला), १८ चैतः हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । एकदिने शिविरमा तीन सय १५ जनाले सेवा लिएका थिए ।

आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा एक सय ८१ महिला र एक सय ३४ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शङ्कर साह रोनिहारले जानकारी दिनुभयो । यस्तै ७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिएका हुन् । सेवा लिनेमा ३५ प्रतिशत बढी ज्येष्ठ नागरिक रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले बताउनुभयो । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ ।

शिविरमा नसर्ने रोगको जाँच र औषधि वितरण गरिएको हो । यस्तै बाथरोग उपचार, जोर्नी, ढाड र जिउ दुख्ने बिरामीको उपचार गरिएको छ । अम्लपित्त (ग्याष्ट्रिक), पेटको समस्या, अनिद्रा, उच्च रक्तचाप, मधुमेह, उच्च रक्तचापलगायत बिरामीको उपचार गरिनुका साथै औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकलाई शक्तिवद्र्धक, स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले राससलाई बताउनुभयो ।

यसैबीच, हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ नं वडासम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले राससलाई बताउनुभयो ।

यस्तै वडा नं २ का १४, वडा ३ का १०, ४ का एक, ५ का आठ, ६ का ७, वडा ७ मा आठ र वडा नं ८ का ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले जानकारी दिनुभयो । वडा १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो । प्रतिव्यक्ति रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष भण्डारी बताउनुहुन्छ । आगामी आवबाट दीर्घरोगी बिरामीको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार