श्रावण ४, २०८२ आइतबार July 20, 2025

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

इजराइली सेनाले गरेको कारबाहीमा बिगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा क्षेत्र। इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।

उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।

इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टा पछि सोमबार मन्त्रालयले सो विज्ञप्ती जारी गरेको हो ।

“इजराइली सेनाले गरेको कारबाहीमा बिगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,” गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले सोमबार बताउनुभयो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार