श्रावण ४, २०८२ आइतबार July 20, 2025

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौँ समर्थक उहाँकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काँग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो ।

यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु  काँग्रेस आई कमजोर रहेको अनुमान गरिएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ ।

तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उहाँको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् ।

बहिनी प्रियङ्का गान्धी सहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताउनु भएको थियो ।

वायनाडमा यो उहाँको दोस्रो उम्मेदवारी हो । उहाँ सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित हुनु भएको थियो । तर केही समयअघि उहाँले प्रधानमन्त्री मोदी लक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनु परेको थियो ।

भारतमा आगामी अप्रिल १९ बाट छ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार