श्रावण ४, २०८२ आइतबार July 20, 2025

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

भ्रमणको आधिकारिक मिति अझै तय हुन बाँकि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, चैत २२ गते  । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले बताउनुभएको छ ।

उहाँका अनुसार भ्रमणको आधिकारिक मिति भने अझै तय भइसकेको छैन । प्रधानमन्त्री हसिनाको भारत भ्रमण जुन महिनामा हुने भनी गरिएका अनुमानबिच यस्तो घोषणा आएको हो । बङ्गलादेशको पछिल्लो आमनिर्वाचनबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि हसिनाको पहिलो औपचारिक विदेश यात्रा हुनेछ ।

भ्रमणले द्विपक्षीय सम्बन्धको सुदृढीकरणलाई जोड दिँदै व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगलगायत विभिन्न पक्षमा सहकार्य गर्दै कूटनीतिक सम्बन्ध प्रगाढ बन्ने विश्वास लिइएको छ । बङ्गलादेश र भारतबिचको सम्बन्धको रणनीतिक महत्वलाई ध्यानमा राख्दै भ्रमणले आपसी हितका विभिन्न द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

भ्रमणको तयारीका बारेमा समाचार सार्वजनिक भएसँगै बङ्गलादेश र भारतबिचको साझेदारीमा प्रगतिशील आयाम थपिने विश्वास दुबै देशका शुभचिन्तकले व्यक्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार