श्रावण ४, २०८२ आइतबार July 20, 2025

भोकमरी र बाढीका कारण दक्षिणी अफ्रिकाले मानवीय सङ्कटको सामना गर्दै

प्रशान्त महासागरमा उत्पन्न हुने प्राकृतिक जलवायु घटना अल निनोका कारण प्रचलित खडेरी अझ तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दक्षिण अफ्रिका।  दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको  सिएनएनले बताएको छ ।

सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत हुनसक्ने विज्ञहरूलाई डर भएको उल्लेख छ ।

प्रशान्त महासागरमा उत्पन्न हुने प्राकृतिक जलवायु घटना अल निनोका कारण प्रचलित खडेरी अझ तीव्र भएको छ । अल निनोले दक्षिणी अफ्रिकामा उच्च तापक्रम र कम वर्षा ल्याउँछ । यसले सुक्खाको स्थिति बढाउँछ । वर्षा हुँदा सुक्खा जमिनले बाढीको खतरा बढाउँछ ।

मुख्यरूपमा जीवाश्म इन्धन उत्सर्जनबाट सञ्चालित अल निनोले व्यापक जलवायु सङ्कटका प्रभावहरूलाई बढाउँछ । सिएनएनका अनुसार यो सङ्कटले दक्षिणी अफ्रिकामा खडेरी र बाढीसहित बारम्बार थप गम्भीर मौसमी घटनाहरू निम्त्याउँछ । यसलाई अक्सफामले ‘जलवायु प्रकोप हटस्पट’ भनेर चिनाएको छ ।

दक्षिणी अफ्रिका आफ्नो परम्परागत सुक्खा मौसममा प्रवेश गर्दा अङ्गोला, बोत्स्वाना, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वेजस्ता मुलुक पहिलादेखि नै लामो समयसम्म सुक्खा अवस्थाबाट ग्रस्त छन् ।

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयको हालैको प्रतिवेदनले जनवरीको अन्त्यदेखि फेब्रुअरीसम्म वर्षाको स्तर कम्तीमा ४० वर्षमा सबैभन्दा कम रहेको देखाएको छ । यसका साथै यस क्षेत्रको मध्य भागमा फेब्रुअरीमा एक शताब्दीभन्दा पनि बढी समयमा सबैभन्दा सुक्खा अनुभव गरिएको युनाइटेड स्टेट्स एजेन्सी फर इन्डरनेसनल डेभलपमेन्टको भोकमरी प्रारम्भिक चेतावनी प्रणाली नेटवर्कले जनाएको छ ।

यसको असर कृषिमा नराम्ररी परेको छ । अत्यधिक खडेरीले जाम्बिया, मलावी र मध्य मोजाम्बिकमा २० लाख हेक्टरभन्दा धेरै बालीमा क्षति पुर्याएको छ । यसबाट खाद्य असुरक्षा बढेको छ ।

मलावीका राष्ट्रपतिले चरम मौसमको स्थितिका कारण लागातार चौथो वर्ष मुलुकका अधिकांश हिस्सामा प्रकोपको अवस्था घोषणा गर्नुभएको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले मलावीमा जलवायु सङ्कटमा अल निनोको मिश्रित प्रभावलाई उजागर गरेको छ ।

विश्वव्यापी उत्सर्जनमा न्यूनतम योगदान दिए पनि दक्षिणी अफ्रिका जलवायु परिवर्तनका लागि उच्च जोखिममा रहेको छ । उत्सर्जन नगन्य रहेको मोजाम्बिकमा ३० लाख मानिसले भोकमरीको सामना गर्नुपरेको छ । राजधानी मोपुटोले मार्चमा विनाशकारी बाढीको अनुभव गर्नुपरेको छ ।

एक्सनएडको अन्तर्राष्ट्रिय क्लाइमेट जस्टिस लिडका टेरेसा एन्डरसनले अन्यायको निन्दा गर्दै थोरै काम गर्दा मोजाम्बिक जस्ता गरिब मुलुकहरू सङ्कटको चपेटामा परेको बताउनुभयो । उहाँले धनी प्रदूषणकारी मुलुकहरूलाई जिम्मेबारी लिन र कमजोर समुदायको सहयोगका लागि जलवायु वित्त प्रदान गर्न आग्रह गर्नुभयो ।

अक्सफामका दक्षिणी अफ्रिका कार्यक्रम निर्देशक माचिन्डा मारोङ्वेले तत्कालीन अवस्थालाई ध्यानमा राख्दै दाताहरूसँग बढ्दो मानवीय प्रकोपलाई रोक्न तत्काल स्रोतहरू जारी गर्न आग्रह गर्नुभयो । “यी सबै मुलुकले एकसाथ धेरै सङ्कटको सामना गर्नुपरेको छ, त्यसैले तत्काललाई अतिरञ्जित गर्न सकिँदैन”, उहाँले भन्नुभयो । एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार