श्रावण ४, २०८२ आइतबार July 20, 2025

अष्ट्रेलियामा बाढीका कारण सामान्य जनजीवन प्रभावित

करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिड्नी, चैत  २५ गते । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक वर्षापछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् ।

उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घर खाली गराइएको आपतकालीन सेवाहरूले जनाएका छन् ।

सङ्घीय विपद् व्यवस्थापन मन्त्री क्याथरिन किङले बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पु र्‍य ाएको बताउनुभएको छ ।

“न्यू साउथ वेल्स सरकारले क्षतिको आँकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ,” मन्त्री किङले भन्नुभयो ।

आपतकालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार उद्धारकर्मीले शुक्रबारदेखि समाचार तयार पार्दासम्म् करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पु र्‍य एका छन् ।

उहाँका अनुसार करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए ।

राज्यका आपतकालीन आयुक्त कार्लीन योर्कले बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनले बाढी, डढेलो र चक्रवातजस्ता प्राकृतिक प्रकोपको जोखिम बढाउँछ भनेर अनुसन्धाताहरूले बारम्बार चेतावनी दिँदै आएका समय पछिल्लो डेढ वर्षमा यस क्षेत्रमा सात पटकभन्दा बढी बाढी आएको छ ।

अधिकारीहरूले सफाइ खर्च र आपतकालीन आवासका लागि भुक्तानीमा सहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार