श्रावण ३, २०८२ शनिबार July 19, 2025

इतिहासमै पहिलोपटक कतारका अमिर नेपाल आउँदै

११ वटा विभिन्न सम्झौता गर्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले इतिहासमै पहिलोपटक नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्ने तय भएको कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले जानकारी दिए ।

राजदूत ढकालका अनुसार नेपाल भ्रमणका क्रममा कतारी अमिरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा ११ वटा विभिन्न सम्झौता गर्ने तयारी भएको उनले राजधानीसँग बताए ।

खाडी मुलुकबाटै पहिलोपटक राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको उनले बताए । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको उनले बताए ।

‘विभिन्न ११ वटा सम्झौतामा हस्ताक्षर हुने’bout यसअघि नै छलफल भइसकेको छ,’ राजदूत ढकालले भने, ‘अझै समय छ, ११ वटामा सम्झौता गर्ने’bout ड्राफ्ट तयार भइरहेको छ, सबै नभए पनि कम्तीमा ६–७ वटामा सम्झौतामा हस्ताक्षर हुन्छ ।’

नेपाल जान पाउँदा अमिर पनि खुसी रहेको भन्दै उनको भ्रमणपछि नेपालीका लागि कतारमा थप ढोका खुल्ने बताए ।

यो सुरुवात मात्र हुन् लागेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए । राजदूत ढकाल आएपछि दूतावासमा पनि छिटोछरितो काम हुने गरेको सेवग्राहीले बताउने गरेका छन् ।

कतारमा रहेका नेपालका कूटनीतिज्ञ तथा समाजका अग्रज करिव वर्ष दिन अगाडिदेखि नै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका लागि गृहकार्यमा जुटेका थिए । गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार