श्रावण ४, २०८२ आइतबार July 20, 2025

केन्यामा बाढीका कारण ३८ को मृत्यु

तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई उच्च भूमिमा जान सल्लाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नैरोबी, वैशाख १३ गते । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ । बाढीको स्तर आपतकालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ।

पछिल्लो समय अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुगेको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर वासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ । आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए । राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए ।

सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मङ्गmबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् । मार्च–अप्रिल–मेमा वर्षा सुरु भएदेखि नै धेरै काउन्टीले यसको प्रभाव महसुस गरेका छन् । प्रभावित घरपरिवार, विस्थापन, शिविरहरूको स्थापना, डुबानयोग्य जमिन, प्रभावित व्यवसाय र पशुधनको मृत्यु भएको मानवीय एजेन्सीले जनाएको छ ।

केन्या मौसम विज्ञान विभागका अनुसार केन्यामा भारी वर्षा भएको छ भने केही क्षेत्रमा एकै दिनमा दुई सय मिलिमिटरसम्म वर्षा भएको छ ।

वर्षापछि देशभरि बाढी निम्त्याउने चेतावनी दिँदै काउन्टी र राष्ट्रिय सरकार दुवैस्तरका केन्याली अधिकारीहरूले तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई उच्च भूमिमा जान सल्लाह दिएका छन् ।

आन्तरिक तथा राष्ट्रिय प्रशासनका क्याबिनेट सचिव किन्डिकी किथुरेले पूर्वी क्षेत्रको मासिङ्गा र मध्य क्षेत्रको थिबासहित बाँध नजिक बस्ने बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गर्नुभएको छ । थप वर्षाले विपत्ति निम्त्याउने सम्भावना भएकाले बस्तीहरूमा बाढीको प्रभाव बढी हुने उहाँले बताउनुभयो । सरकार उच्च सतर्कतामा रहेको र बहु–एजेन्सी टोलीले कम गर्ने प्रयासमा काम गरिरहेको उहाँको भनाइ छ ।

इन्टरगभर्मेन्टल अथोरिटी अन डेभलपमेन्ट (आइजिएडी) को क्लाइमेट प्रेडिक्सन एन्ड एप्लिकेसन सेन्टर (आइसिपिएसी) ले जारी गरेको सूचनामा केन्याले असामान्य रूपमा भारी वर्षाको अनुभव गर्ने हर्न अफ अफ्रिकाका देशहरूमध्ये एक भएको जनाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार