श्रावण ३, २०८२ शनिबार July 19, 2025

इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अभिभ, १९ वैशाख । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गरेका छन् ।

“यो कठिन समयमा पनि हामी युद्धविराम गर्न कटिबद्ध छौँ । युद्धविरामले बन्धकहरूलाई घर ल्याउन वातावरण बनाउनेछ । यो हासिल हुन नसक्नुको एक मात्र कारण हमास हो,” ब्लिन्केनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटमा भने ।

इजरायलले गाजामा आफ्नो आक्रमण अस्थायी रूपमा रोक्ने र अक्टोबर ७ मा कब्जामा लिएका बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने प्रस्तावको हमासले जवाफ दिने तयारी गरेको छ ।

भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहेका छन् भने संयुक्त राष्ट्रसङ्घले खाद्यान्नको चरम अभावका कारण आसन्न अनिकालको चेतावनी दिएको छ ।

उनले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेट्ने कार्यक्रम छ । इजरायलले हालै सहायताका लागि खुला गरेको गाजा नजिकैको बन्दरगाह अशदोदलगायत बन्दरगाहलाई बन्द गर्ने तयारी गरिरहेका छन् ।

ब्लिन्केनले हर्जोगसँग भने, “हामीले यस क्रसफायरबाट पीडित मानिसहरूमा पनि ध्यान केन्द्रित गर्नुपर्छ ।”

मङ्गलबार ब्लिन्केनले इजरायल र गाजाको बीचमा भर्खरै खोलिएको एरेज सीमातर्फ खाद्यान्नलगायत अन्य आधारभूत सहायता सामग्री बोकेका जार्डनी गाडी (ट्रक) र सहायताकर्मीलाई बिदाइ गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार