श्रावण ३, २०८२ शनिबार July 19, 2025

रिपब्लिकन सांसदले अर्को साता अमेरिकी सदनका सभामुखलाई हटाउन प्रयास गर्ने

सदनको नियमअनुसार एउटा विधायकले समेत सभामुखलाई हटाउनका लागि मत हाल्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन। अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन गरेकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) का रिपब्लिकन सभामुख माइक जोनसनलाई हटाउन आगामी साता प्रस्ताव पेस गर्ने योजना बनाएको बुधबार बताउनुभएको छ ।

जर्जियाकी रिपब्लिकन कांग्रेस सदस्य तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मार्जोरी टेलर ग्रिनले जोनसनमाथि ‘विश्वासघात’ गरेको आरोप लगाउनुभयो । “माइक जोनसन वासिङ्टन डिसीको घृणित व्यापार मोडेलमा सदाका लागि युद्धको कोषमा सामेल हुनुभयो”, पत्रकारहरूसँग ग्रिनले भन्नुभयो, “आगामी साता म यो प्रस्तावलाई भ्याकेट गर्न गइरहेको छु ।”

सभामुख जोनसनले एक विज्ञप्तिमा ग्रिनको घोषणालाई ‘रिपब्लिकन कन्फरेन्सका लागि गलत, संस्थाका लागि गलत र मुलुकका लागि गलत’ भन्दै अस्वीकार गर्नुभयो ।

सदनको नियमअनुसार एउटा विधायकले समेत सभामुखलाई हटाउनका लागि मत हाल्न सक्छ । डेमोक्रेटहरूले असाधारणरूपमा उहाँलाई आफ्नो पदमा कायम राख्न मतदान गर्ने भनेकाले जोनसनलाई हटाउने सम्भावना भने छैन ।

ग्रिनले भन्नुभयो, “म डेमोक्रेटहरूभन्दा बाहिर गएर रिपब्लिकन सभामुखलाई समर्थन गरेको हेर्न प्रतीक्षा गर्न सक्तिन ।” किएभका लागि अमेरिकी समर्थन कांग्रेसमा विवादको एक प्रमुख स्रोत बनेको छ । धेरै दक्षिणपन्थी रिपब्लिकनहरूले रुससँगको युद्धमा युक्रेनलाई समर्थन बन्द गर्न खोजिरहेका छन् ।

महिनौँको बहस र डेमोक्रेटहरू तथा अमेरिकी सहयोगीहरूको दबाबपछि जोनसनले अन्ततः गत साता युक्रेनका लागि नयाँ सहायता प्याकेजलाई समर्थन गर्नुभयो । यसबाट उहाँका पार्टीका केही अति दक्षिणपन्थी सदस्यहरू रुष्ट भए ।

पूर्वरिपब्लिकन सभामुख केभिन म्याक्कार्थीलाई धेरै महिनाअघि ट्रम्प समर्थकहरूको एउटा सानो गुटले युक्रेनमा डेमोक्रेटसँग ‘गोप्य सम्झौता’ गरेको आरोप लगाएपछि यस्तै प्रकारको परिदृश्यमा सभामुखबाट हटाएको थियो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार