श्रावण ३, २०८२ शनिबार July 19, 2025

हमासद्धारा युद्धविरामसम्बन्धी सम्झाैताकाे प्रस्ताव स्वीकार

पहिलो चरणमा छ हप्ताको युद्धविराम गर्ने र त्यस अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकको रिहा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्यालेस्टिनी विद्रोही समूह हमासले कतार र इजिप्टको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताको प्रस्ताव स्वीकार गरेको छ । पहिलो चरणमा छ हप्ताको युद्धविराम गर्ने र त्यस अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकको रिहा गर्ने उल्लेख रहेको इजिप्टका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै प्रस्तावमा इजराइली सेना विस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुने र जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिने उल्लेख रहेको सीएनएनको खबरमा उल्लेख छ । हमासले स्वीकार गरेको यो प्रस्तावमा सम्झौता भएमा गाजामा चलिरहेको द्वन्द्व रोक्न सम्भावित सफलताको प्रतीक भएको सीएनएनले जनाएको छ ।

इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गर्नुभएको छ । तर इजरायलले यो प्रस्ताव आफ्ना माग पूरा गर्न नसक्ने भन्दै रफाहामा सैन्य कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको सीएनएनले जनाएको छ ।

एक अमेरिकी उच्च अधिकारीले हमासले प्रस्ताव स्वीकार गर्नु महत्त्वपूर्ण रहेको भन्दै अन्तर्राष्ट्रिय दबाबबाट इजरायल पनि यो प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरेका सीएनएनले जनाएको छ ।

यसैबीच इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोही रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर आक्रमण गरेको थियो । इजरायली सेनाले पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएकोमा विरोध गर्दै इजिप्टले यो कदम खतरनाक रहेको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार