श्रावण ३, २०८२ शनिबार July 19, 2025

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

अब प्राविधिक कर्मचारीले तीनवटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएका छन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो ।

राष्ट्रपति मुइज्जुलाई चीन समर्थक नेताका रूपमा हेरिन्छ । गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो ।

राष्ट्रपति कार्यालयका मुख्य प्रवक्ता हिना वलीदले मालदिभ्समा तैनाथ भारतीय सेनाको अन्तिम ब्याचलाई भारत फिर्ता पठाएको बताएकी छन् । भारतीय सेनालाई माल्दिभ्समा दुईवटा हेलिकप्टर र डोर्नियर विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको थियो जुन भारतले नै उपहार दिएको थियो ।

यसअघि माल्दिभ्स सरकारले सोमबार ५१ सैनिकलाई भारत फिर्ता पठाएको घोषणा गरेको थियो । माल्दिभ्स सरकारले यसअघि ८९ भारतीय सैनिक यहाँ रहेको जानकारी दिएको थियो ।

अब प्राविधिक कर्मचारीले तीनवटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिनेछन् ।

राष्ट्रपति मुइज्जुले भारतीय सैनिक फिर्ता गर्न आग्रह गरेपछि दुई देश (भारत र माल्दिभ्स) बीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । माल्दिभ्स हिन्द महासागरमा भारतको लागि प्रमुख समुद्री छिमेकी देशको रूपमा चिनिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार