श्रावण ३, २०८२ शनिबार July 19, 2025

झापामा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण

जानेबुझेका र पढेलेखेकाहरु नै औषधी सेवन नगर्नेमा बढि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमक, वैशाख  ३० गते । झापाको दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग फेला परेको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेजनको क्रममा नयाँनयाँ हात्ती पाइले रोगको सङ्क्रमण भएका बिरामीहरु फेला पर्न थालेकाछन् ।

दमकको वडा नं. ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधी सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधी सेवन कार्यक्रमको क्रममा नयाँनयाँ बिरामीहरु फेला परिरहेका छन् । ‘‘औषधी सेवनलाई सामान्य रुपमा लिएर इन्कार गर्दा समस्या धेरै देखिएको छ,’’ भट्टराईले भन्नुभयो ।

दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने गरेको उहाँको भनाइ छ । यो पटक ९० प्रतिशत पुर्याउने लक्ष्य भएपनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताउनुभयो ।

समाजमा प्रतिष्ठित तथा बुज्रुकहरुले समेत औषधी सेवन गर्न नमान्ने गरेको उहाँले जनाउनुभयो । जानेबुझेका र पढेलेखेकाहरु नै औषधी सेवन नगर्नेमा बढि रहेका उहाँको भनाइ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार