श्रावण ३, २०८२ शनिबार July 19, 2025

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ शुरु : घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराईने

नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी। दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ ।

“महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भन्नुभयो । सरकारले सूचिकृत गरेका औषधि पनि निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो ।

समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ । दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ ।

आधारभूत स्वास्थ्य जाँचअन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा, मधुमेह, कमलपित्त, नाडीको चाललगायत सेवा प्रदान गरिनेछ छ । मुटु रोग, श्वासप्रश्वास, दम, क्यान्सरलगायत नसर्ने रोगबारे जानकारी पनि दिइनेछ ।

वडा कार्यालयको बजेटबाट कार्यक्रम सुरु गरिएको वडाध्यक्ष मोती तिम्सिनाले बताउनुभयो । “हरेक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार रहन पनि यो कार्यक्रमले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार