श्रावण ३, २०८२ शनिबार July 19, 2025

युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, जेठ २ गते । युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।

बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्ह्वासँगको लिखित अन्तर्वार्तामा उहाँले चीनले युक्रेन सङ्कटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताउनुभएको हो ।

चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्ताबेजमा सङ्केत गरिएका अवधारणा र सुझावहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उहाँले बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि प्रस्ताव गर्नुभएको चार सिद्धान्त माथि उल्लिखित दस्ताबेजमा बिलकुल फिट भएको पुटिनले जोड दिनुभयो ।

“यी कदम ‘शीतयुद्धको मानसिकता’ त्यागी अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रको सम्पूर्णता र अन्तरसम्बन्धका लागि अविभाज्य सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक छ भन्ने विचारमा आधारित रहेका छन्”, राष्ट्रपति पुटिनले भन्नुभयो, “हामीले वार्तालाई कहिल्यै अस्वीकार गरेका छैनौँ, हामी शान्तिपूर्ण तरिकाले यो द्वन्द्वको व्यापक, दिगो र न्यायपूर्ण समाधान चाहन्छौँ, हामी युक्रेनका बारेमा वार्ता गर्न तयार छौँ तर यस्तो वार्तामा हामीसहित द्वन्द्वमा सामेल सबै मुलुकको हितलाई ध्यानमा राख्नुपर्छ ।” रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार