श्रावण ३, २०८२ शनिबार July 19, 2025

पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणा

पूर्ण खोप घोषणा पश्चात् अब मधेश प्रदेशको ध्यान कुपोषणमुक्त र सुरक्षित मातृत्वमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगंज । पर्सा जिल्लालाई आज पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साको आयोजनामा आज वीरगंजमा एक कार्यक्रमका बीच पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

पर्सा जिल्ला पूर्ण खोप घोषणा भएको प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि एवं मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोद कुमार यादवले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा मधेश सचिव यादवले सबैको साथ सहयोगले गर्दा पर्सालाई पूर्ण खोप घोषणा गर्न सफलता प्राप्त भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि खोप कार्यक्रम निरन्तर चलिरहने बताउनुभयो । मानव जीवनमा खोपको आविष्कार महत्वपूर्ण भएको भन्दै उहाँले सङ्घले खोप खरिद गर्ने, प्रदेशले भण्डारण गर्ने र स्थानीय तहले वितरण गर्ने गरेको बताउनुभयो । पूर्ण खोप घोषणा पश्चात् अब मधेश प्रदेशको ध्यान कुपोषणमुक्त र सुरक्षित मातृत्वमा हुने सचिव यादवको भनाइ थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले पर्सा जिल्लालाई पूर्ण खोप घोषणा गर्न स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

पर्सा जिल्ला हरेक हिसाबले सुगम हुँदा हुँदै पनि पूर्ण खोप घोषणा गर्न ढिलाइ भएको भन्दै उहाँले आगामी दिनमा यस्ता कुराहरूबाट पाठ सिक्नुपर्ने बताउनुभयो । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्ति नारायण साहले पूर्ण खोप जिल्ला घोषणा हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताउनुभयो ।

आगामी दिनमा पनि खोप कार्यक्रमको अपनत्व स्थानीय तहले लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खोप समन्वय समिति पर्साका सह–संयोजक पुरन प्रसाद कुर्मी, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा.राजीव झा, परिवार कल्याण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत संजय महासेठ, पर्साका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार