श्रावण ३, २०८२ शनिबार July 19, 2025

बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै १८ सय नागरिक लाभान्वित

गाउँपालिका भित्रकै आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टरहरूसँग चेकजाँच गराउन पाउँदा स्थानीय खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट झन्डै १८ सय नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

गाउँपालिकाले स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको शिविरबाट सुगर, थाइराइड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी, सुगर, नशारोग, महिला प्रस्तुती तथा स्त्री रोग लगायतका सेवा दिइएको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले गरेको जानकारी दिनुभयो ।

फिजिसियन सेवातर्फ ५ सय ८०, हाडजोर्नी तथा नसा रोगतर्फ ३ सय ४७, महिला प्रसूति तथा स्त्री रोगतर्फ १ सय ६०, युरो सर्जनतर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९ प्रयोगशालातर्फ १ सय ५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन् ।

एक दिने शिविरबाट कुल १ हजार ७५४ जना सर्वसाधारण लाभान्वित भएका छन् । गाउँपालिका भित्रकै आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टरहरूसँग चेकजाँच गराउन पाउँदा खुसी लागेको स्थानीय पार्वती गौतमको भनाइ छ ।

गाउँपालिका भित्रका असहाय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

शिविरमा सुगर, प्रेसर, थाइराइड्स, बाथ दम छाती तथा मुटुरोग विशेषज्ञ डा.हरिप्रसाद पन्थी, डा.विभव बस्याल र डा.दुर्गा सुरखालीले सेवा दिनुभएको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत भरतजंग क्षेत्रीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार