श्रावण ३, २०८२ शनिबार July 19, 2025

पाल्पामा ‘आईपीभी’ खोप अभियान

दुई चरणमा सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका ९ हजार ४६७ जना बालबालिकालाई आईपीभी खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल्पा, जेठ ६ गते । जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरिले बताउनुभएको छ ।

उहाँका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका ९ हजार ४६७ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।

नेपालमा २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपीभी खोपको अभाव भएको थियो । पाल्पामा जेठ १३ देखि २३ गतेसम्म दुई चरणमा खोप लगाइनेछ । स्वास्थ्य कार्यालयले खोप लगाउन पाल्पामा ५२९ वटा खोप केन्द्र निर्धारण गरेको छ जसमा विद्यालयमा ४४८ र खोप केन्द्र स्वास्थ्य संस्थामा ८१ केन्द्र छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरिले जेठ १३ देखि २६ गतेसम्म प्रथम चरण र दोस्रो चरणमा गरी खोप लगाइने गिरिले जानकारी दिनुभयो । खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा तालिम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।

सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार