श्रावण ३, २०८२ शनिबार July 19, 2025

ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन

त ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुभारम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आइतबार ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुभारम्भ भएको छ ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा यसले पुर्याएको योगदान उल्लेखनीय भएको बताए ।

भक्तपुरले नगरबासीहरुको मात्र नभई देशकै जनतालाई आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताउँदै उनले आँखा अस्पतालबाट गरिब जनताको निःस्वार्थ रुपमा सेवा हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष बिजुक्छेँले अस्पतालबाट प्रवाह हुने सेवाबाट व्यापक जनताको हित हुने बताउँदै जनताले बुझ्ने सरल भाषामा सेवा प्रवाह गर्न सके बिरामीहरुलाई सहज हुने बताए । उनले भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाएकोमा तीलगंगा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गर्दै अस्पतालका सेवा सुविधाहरु समयसापेक्ष ढंगले स्तरवृद्धि गर्दै लानुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको सहज सेवाको लागि तिलगंगा र हेटौडा आँखा अस्पतालको तुलनामा सस्तो शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालन गरेको बताए ।

१८ वर्ष अघि भक्तपुरको सानो कोठाबाट सञ्चालित आँखा केन्द्र हाल भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको उनले बताए । उनले ख्वप तिलगंगा आँखा अस्पतालले विद्यालयहरुमा आँखा शिविर, टोलटोलमा आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको बताए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले जनताको सेवा र सुविधाको लागि समाजवाद उन्मुख गतिविधि गर्दै आइरहेको बताउँदै भक्तपुर नपाले शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताइन् ।

तिलगंगा आँखा अस्पताल काठमाडांैका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताहरुको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताए ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालबाट प्रवाहित हुने सेवा सुविधाहरुलाई अझ व्यवस्थित गर्दै लाने योजना रहेको बताउँदै अस्पतालले जनमुखी कार्य गरी ३६५ दिन नै जनताको सेवामा समर्पित भावले काम गर्दै आइरहेको बताए । कार्यक्रममा ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारीले स्वागत मन्तव्य राखेका थिए भने ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज डा. धिरज अधिकारीले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गरेको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि अस्पतालबारे चर्चा गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार