श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा हिजो पुष्टि भएकोे कोरोना भाइरसको नयाँ सब भेरियन्ट कडा छैन : विज्ञ

अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नहुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा हिजो पुष्टि भएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको विज्ञले बताएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर सागर राजभण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्गिङ’ गर्दा ‘केपी डट १’ ‘केपी डट २’ ‘केपी डट ३’ र ‘केपी डट ४’ पुष्टि भएको थियो । यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक नभएको तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्ने डाक्टर राजभण्डारीले बताउनुभयो ।

कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिन सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया