श्रावण ३, २०८२ शनिबार July 19, 2025

सिटामोलसहित ६ प्रकारका औषधिको मौज्दात शून्य

अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधि वितरण गर्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सरकारले निःशुल्क रूपमा वितरण गर्ने औषधिमध्ये केही औषधिको मौज्दात शून्य रहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा निःशुल्क वितरण हुने औषधिमध्ये केही औषधिको मौज्दात शून्य रहेको पाइएको हो ।

स्वास्थ्य संस्थामा रहेको मौज्दात निरीक्षण गर्दा २६४ संस्थामा सिटामोल, ३५३ संस्थामा अल्बेण्डाजोल, ७१६ संस्थामा भिटामिन ए क्यापसुल, ७२१ संस्थामा एमोक्सोसिलिन, ५३४ संस्थामा नाभि मलम र ३८० संस्थामा जीवनजलको मौज्दात शून्य रहेको पाइयो महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधि वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन भएको नदेखिएको प्रतिवेदनमा औँल्याइएको छ । स्वास्थ्य नीति, २०७६ मा सरकारले नागरिकको लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि तथा खोपको अभाव नदिन सरकारी स्वास्थ्य संस्थाको स्तर तथा औषधिको उपयोग अनुसार औषधिको औसत मौज्दात परिमाण र आकस्मिक माग विन्दुसमेत तोकेको छ । सरकारको नीति कार्यान्वयन गर्न अत्यावश्यक औषधि नियमित रूपमा आपूर्ति हुने व्यवस्था गरी सो को अनुगमन हुनुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने उल्लेख छ । हाल सरकारी अस्पताल २०१, प्राथमिक स्वास्थ्य केन्द्र १८९ र हेल्थपोष्ट ३ हजार ७९४ समेत ४ हजार १८४ स्वास्थ्य संस्था रहेका र ती संस्थामार्फत नेपाल सरकारले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको र निःशुल्क उपलब्ध गराउने औषधिसमेत यिनै स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको छ । निःशुल्क वितरण गरिने औषधिहरू प्रदेश, स्थानीय तह र संघीय तीनवटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार