काठमाडौँः मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्डका लागि नेपाली आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
सुवेदीलाई सान मारियो देशको गैर आवासीय राजदूतसमेत बनाइएको छ ।
यस्तै, हालका संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई ल्याटिन अमेरिकी मुलुक निकारागुआको गैर आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया