असार ३१, २०८१ सोमबार July 15, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। ६० सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा पाण्डेका पक्षमा नेपाली कांग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादीका १ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले मत दिएका हुन्। विपक्षमा ३१ मत परेको थियो।

यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए। यता स्वतन्त्र सांसद दीपक मनाङले पनि प्रतिपक्षी कित्ता फेरेका छन्। उनी यसअघि प्रतिपक्षी थिए। उनले आफू स्थायीत्वको पक्षमा रहेको बताउँदै आएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया