असार १२, २०८१ बुधबार June 26, 2024

हेटौंडा अस्पतालमा आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास

प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यास मार्फत् प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं २९ जेठ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा पहिलो पटक आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास गरिएको छ ।

जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालिन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पतालको आयोजनामा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास गराइएको हो ।

प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यास मार्फत् प्रस्तुत गरिएको थियो ।

भीमफेदी १ त्रिखण्डीमा सवारी दुर्घटना भएको कृत्रिम घटना मार्फत् घाइतेको उद्धार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीहरुको परिचालन, उपचार, लगायतका बिषयमा अभ्यास गरिएको थियो । अस्पतालको इर्मेजन्सी कक्षमा विरामीको अवस्था अनुसारको तोकिएको जोनमा राखेर उपचार गरिएको थियो ।

करीब दुई घण्टा भएको ड्रील अभ्यासले आपत्तकालिन अवस्थामा अस्पतालले कसरी सेवा प्रभाव गर्ने भन्नेबारेमा जानकारी मिलेको सहभागि स्वास्थ्यकर्मीले बताएका छन् ।

यस्ता अभ्यासले ठूला दुर्घटना तथा प्रकोपका समयमा नआतिकन काम गर्न मद्धत मिल्ने हेटौंडा अस्पतालका निर्देशक डा. श्रीधर अर्यालले बताउनुभयो । ड्रिलका क्रममा भएका कमि कामजोरीलाई सुधार गर्दै लैजाने उहाँले बताउनुभयो । ड्रिल अभ्यासको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, सञ्चारकर्मी लगायतले अवलोकन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया