असार ३०, २०८१ आइतबार July 14, 2024

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँ तीन सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

अध्यक्षका अर्का प्रत्याशी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वती गौतमले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो ।  आज  ९५ पदका लागि मात्र निर्वाचन भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया